कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच नयाँ सहमति

97
  •  
  •  
  •  

काठमाडौँ, २ पुस (ओएनएस) :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेशी मोर्चाबीच प्रमुख प्रतिपक्षी दल एमालेलाई मनाउने सहमतिमा पुगेका छन् । संसद अवरोध हटाएर संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजान उनीहरु सहमत भएका हुन् ।

बालुवाटारमा शनिवार साँझ भएको बैठकमा संविधान संशोधन, निर्वाचन, एमालेले गरेको संसद अवरोध लगायतका विषयमा कुराकानी भएको छ ।

बैठकमा संसदमा निरन्तर अवरोध गर्नु जिम्मेवार प्रतिपक्षको काम नभएको ठहर गर्दै अवरोध हटाउन पहल गर्ने सहमति बैठकमा भएको छ ।

त्यसैगरी स्थानीय तह पुर्नसंरचना र संसदमा दर्ता भएको संशोधन प्रूस्तावको परिमार्जनका विषयमा थप छलफल गरी सहमति जुटाउने समझदारी बनेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु तथा मधेशी मोर्चाका तर्फबाट शीर्ष नेताहरु सहभागी थिए ।


  •  
  •  
  •