काठमाडौं, १४ कात्तिक (ओएनएस) : संविधानका विवादित विषयमा सहमति जुटाउन बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालृवाटारमा शुक्रवार बसेको बैठकमा दलहरु आफ्नो अडानबाट टसमस नभएपछि बैठक विना निष्कर्ष सकिएको एमाले महासचिव इश्वर पोखरेलले जनाए । बैठकमा कांग्रेस एमालेले बढीमा सात प्रदेश भन्दा बढी बनाउन नहुने अडान लिएका थिए भने एमाओवादीले जातीय पहिचानका आधारमा दश प्रदेश बनाउनु पर्ने अडान लिएका थिए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने सहमतिको संभावना बाँकी नै रहेको प्रतिक्रिया दिए । कांग्रेस नेता रामशरण महतले भने सहमतिको संभावना सकिएको बताए । उनले सहमति नभएपछि विवादित विषय प्रक्रियाबाट टुंगो लगाउने बताए । कांग्रेस एमालेबीच मुद्दा र विचारमा समान धारणा रहेको भन्दै संविधानसभा बैठकमा समानधारणा बनाएर विवादित विषय पेश गर्ने उनको भनाइृ थियो । दलहरुबीच भोली पुन सहमतिको प्रसाय हुने भएको छ ।
भोली विहान नौ बजे तीन दलका तीन शीर्ष नेता, सभामुख, संवैधानिक समितिका सभापति र मस्यौदा समितिका सभापतिको बैठक बस्ने छ । भने दिउँसो १२ बजे संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताको बैठक बसेर सहमतिको प्रयास गरिने भएको छ ।