काठमाडौं, ११ कात्तिक (ओएनएस) : विवादित विषयमा सहमति जुटाउने दिन सकिन लाग्दा संवैधानिक राजनीतिक संवाद तथा सहमतिको समितिले सहमतिको विधिका विषयमा छलफल सुरु गरेको छ । संविधानसभाले संविधानका विवादित विषयमा सहमति गर्न संवाद समितिलाई यही कात्तिक १५ गतेसम्मको समय दिएको छ ।
‘निर्धारित समयलाई मध्यनजर राख्दै सहमतिको प्रक्रियाको विषयमा छलफल भएको छ, समितिका सदस्य गोपाल दहितले ओएनएससँग भने,‘ कुनै खास विषयमा भन्दा पनि विधिको विषयमा छलफल केन्द्रित रह्यो ।’ दलहरुबीच संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा न्यायप्रणालीलगायतका विषयमा विवाद कायम छ ।
बैठकमा कुनै खास विषयमा छलफल भन्दा पनि सहमतिको प्रक्रियाका विषयमा छलफल भएको छ । तर, दलहरुले आफ्नो अडान भने नछोडेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।
डेड घण्टा ढिलो पुगेका ओली १० मिनेटमै बाहिरिए
सम्वाद समितिको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिक्षा गरिएको छथियो । वैठक सुरु भएको डेडघण्टा पछि पुगेको एमाले अध्यक्ष ओली वैठकमा पुगेर १० मिनेटपछि बाहिरिएका थिए ।