तीन दलबीच आज पनि कुरा मिलेन

70
  •  
  •  
  •  

काठमाडौँ, ३१ असोज (ओएनएस) : संविधानका विवादित विषयमा सहमति जुटाउन बसेको प्रमुख दलको बैठकले सहमति जुटाउने अन्तिम दिन पनि सहमति जुटाउन सकेन ।

प्रमुख तीन दलका शीर्ष नेता सहभागी रहेको बैठकराज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा सहमति जुटाउन असफल भयो ।
“बैठकले नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन सहमति कायम छ भनेर प्रतिवेदन बुझाउने निर्णय ग¥यो,” बैठकपछि एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने ।’
नयाँ संविधानका विषयमा सहमति जुटाई प्रतिवेदन तयार गर्न दोस्रो पटक संवैधानिक राजनीतिक संवाद तथा सहमतिलाई दिइएको पाँचदिनको समय आजसम्म रहेको छ । समितिमा विवादित विषयमा सहमति जुट्न नसकेमा संविधानसभाको पूर्ण बैठकको प्रक्रियामा जाने कि समितिको समयसीमा अरु थप गर्ने भन्ने विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन ।

एमाओवादी नेता श्रेष्ठले मुख्य रुपमा मिल्न नसकेका चार विषयलाई सहमतिबाटै समाधान खोज्ने प्रयास जारी छ । तीन दलको बैठकमा नेकाका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला र न्याय, कानुन तथा संसदीय व्यवस्था मन्त्री नरहरि आचार्य, एमालेका वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष विद्या भण्डारी तथा एकीकृत नेकपा (माओवादी)का तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, नेता नारायणकाजी श्रेष्ठ सहभागी रहेका थिए ।
बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आमन्त्रण गरिएको थियो । बैठकपछि नेकाका वरिष्ठ नेता देउवाले दलहरुबीच संविधानका विषयवस्तुमा सहमति कायम गर्न अथक प्रयत्न भइराखेको जानकारी दिए ।


  •  
  •  
  •