तीन दलको बैठक १५ मिनेट मै सकियो

68
  •  
  •  
  •  

काठमाडौं, २८ असोज (ओएनएस) : संविधानका विवादित विषयमा सहमति जुटाउन बसेको प्रमुख तीन दलको बैठक १५ मिनेट मानै स्थथित भएको छ । मंगलवार सिंहदरवारमा बसेको प्रमुख तीन दलको बैठक नयाँ बानेश्वरमा बस्ने भन्दै स्थगित भएको छ ।

संविधानका मुख्य विवादित विषय संघीयता, शासकीय स्वरुप, न्याय प्रणालीलगायतका विषयमा दलहरुबीच विवाद छ । संविधानका अन्र्तवस्तुमा सहमति जुटाउने जिम्मा पाएको राजनीतिक संवाद तथा सहमति समितिको म्याद यही ३० गते सम्म थप भएपछि थप समयभित्र विवादित विषयमा सहमति जुटाउन भन्दै दलहरु दिनहुजसो बैठक बस्ने गरेका छन् । सिंहदरवारमा बैठक स्थगित गरेर हिँडेका नेताहरु नयाँ बानेश्वरस्थित संसद भवनमा पुन बैठक बस्ने भएका छन् ।


  •  
  •  
  •