राजनीतिक समितिको कार्यक्षेत्रबारे छलफल

68
  •  
  •  
  •  

काठमाडौं, २७ असोज (ओएनएस)  : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले बजेट र कर्मचारी माग गर्ने निर्णय गरेको छ । सोमवार बसेको संयन्त्रको बैठकमा संयन्त्रको कार्यक्षेत्रका विषयमा छलफल भएको थियो । बैठकले संयन्त्रको कार्यलय, आवश्यक र कर्मचारी बजेट माग गर्ने निर्णय गरेको संयोजक पुष्पकमल दाहालले बताए ।

‘मुख्य रुपमा २ वटा विषयमा छलफल भयो, बैठकपछि दाहालले भने,‘शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पुर्याउने तथा राजनीतिक सहमति जुटाउने संयन्त्रको मुख्य जिम्मेवारी हो ।’ बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगलाई अगाडि बढाउन सरकारलाई आग्रह गर्ने सहमति गरेको छ । संयन्त्रको कार्यक्षेत्र र कार्यविधि भने अर्को बैठकमा तय गरिने दाहालले जानकारी दिए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पहिलो बैठक भएको हुनाले खास कुनै विषयमा सहमति भइनसकेको जानकारी दिए । उनले संयन्त्रले संविधानसभालाई प्रभावित पार्ने कुनै काम नगर्ने तर, दहरुबीच सहमतिको पहल गर्ने बताए ।


  •  
  •  
  •