एमाओवादी मोर्चाको बैठकले तय गर्‍यो ‘कडा अडान’

113
  •  
  •  
  •  

काठमाडौं २७ असोज (ओएनएस) : राज्य पुनर्संरचनाका विषयमा मुख्य दलहरुबीच सहमतिको प्रयास भईरहेका बेला एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले १० प्रदेशभन्दा तल कुनै हालतमा नमान्ने निर्णय गरेको छ ।

सोमबार विहान सिंहदरबारमा बसेको बैठकले कांग्रेस–एमालेले अगाडी सारेको ६ र ७ प्रदेशको प्रस्ताव नमान्ने भन्दै वेवास्था गरे आन्दोलनलाई कडा बनाउने निर्णय गरेको छ । बैठकले प्रकृयामा पनि जान नदिने र १० प्रदेशबाट तल पनि नझर्ने निर्णय गरेको छ । स्रोतले भन्यो,‘ हामीले पहिला १४ प्रदेश भनेका थियौँ तर अब त्यो पनि छोड्यौँ १० प्रदेशभन्दा दायाबायाँ अब हुँदैन वेवास्ता गरे सशक्त आन्दोलनमा जान्छौं ।’

मोर्चाले तत्कालीन राज्य पुनर्संरचना सुझाव उच्चतस्तरीय आयोगको सुझावलाई आधार मान्ने बताएको छ । मोर्चाले कांग्रेस एमालेले ६ वा ७ प्रदेशबाट अगाडी बढ्न खोज प्रकृया अवरोध गर्ने र सडकबाट पनि आन्दोलन गर्ने निर्णय गरेको छ । मोर्चामा आवद्ध तराईमधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आफूहरुले १० प्रदेशको अडान राख्ने निर्णय गरेको जानकारी दिए ।

एमाओवादी नेतृत्वले कांग्रेसको प्रस्तावमा ईलाम झापालाई पहाडसँग जोडेको र पश्चिममा पनि त्यस्तै गरेको भन्दै कंचनपुरदेखि चितवनसम्म थरुहट र पर्सादेखि झापासम्म नै मधेश प्रदेश बनाउनुपर्नेमा जोड दिएको छ ।


  •  
  •  
  •