तीन दलको बैठक छलफल मै सिमित

117
  •  
  •  
  •  

काठमाडौं, २६ असोज (ओएनएस) राजनीतिक तथा संवाद समितिका सभापति डा. बाबुराम भट्टराईको समन्वयमा बसेको प्रमुख तीन दलको बैठकले कुनै निर्णय गर्न सकेन । आइतवार दुई चरणमा बसेको बैठकले एक–अर्काको सुन्ने मात्र काम भएको छ ।

आइतवार विहान सिंहदरवारमा बसेको बैठकले संविधानका विवादित विषयमा गंभिर छलफल गरेको र केही दिनभित्र सहमति जुटाउने दाबी गरेका थिए । बिहानको बेठकमा कुनै निर्णय हुन नसकेपछि दिउँसो पुन बैठक बसेको थियो । त्यसबीचमा द्विपक्षीय छलफलसमेत भएका थिए । एमाले–एमाओवादी र कांग्रेस–एमाओवादीबीच छुट्टछुट्टै बैठक बसेको थियो ।

संवाद समितिका सभापति एवं एमाओवादी नेता डा. बाबुराम भट्टराईले सहमतिमा पुग्न बाँकी रहेको भन्दै सहमतिमा पुग्ने प्रयास जारी रहेको बताए । उनले आजको बैठकमा एक अर्काको प्रस्ताव सुन्ने काम भएको बताए । बैठकमा कांग्रेसले शनिवार आफूले प्रस्ताव गरेको ६/७ प्रदेशमा सहमति खोज्न प्रस्ताव गरेको थियो भने एमालेले भने संघीयताका विषयमा आफ्नो बटम लाईन सात प्रदेश रहेपनि पाँच प्रदेशखमा पनि छलफल गर्न तयार रहेको बताएको नेतहरुले जानकारी दिएका छन् । एमाओवादीले भने दश वा१४ प्रदेशको आफ्नो पुरानो प्रस्ताव नै अगाडि सारेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलका अनुसार कांग्रेसले गरको सात प्रदेशमा एमाओवादी सकारात्मक छ । एमाओदीले सात प्रदेश बनाउने संयुक्त नामाकरण गर्नु पर्ने बताएको छ । पौडेलका अनुसार बैठक निकै सकारात्मक भएको छ । आइतवार विहान बसेको पहिलो बैठकमा एमाले नेता माधव नेपालले केही दिन गहन छलफल गर्ने र निकास निस्कने बताएका थिए । संचारकर्मीसँग ठठ्यौली पारामा नेपालले अब केही दिन रिपोर्टिङमा नआउन भनेका थिए । ‘अब केही दिन तपाईहरु आराम गर्नुहोस, उनले भने,।‘केही दिनपछि हामी सहमतिमा पग्नेछौं । अनि समाचार लेख्नुहोला ।’

सबै दलले आफ्नो धारणा राखेको र आगामी बैठकमा छलफल गर्दै सहमतिमा पुग्ने प्रयास गरिने उपाध्यक्ष क्षेत्रले बताए । उनले सहमतिमै संविधान जारी हुने संकेत देखापरेकोसमेत दाबी गरे । बैठक सोमवार पुन बस्नेछ ।


  •  
  •  
  •