ओली, दाहाल र सिटौलाबीचको बार्तामा पनि कुरा मिलेन

316
  •  
  •  
  •  

काठमाडौं, १३ भदौ (ओएनएस)  : उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने गरी भएको वार्ता निष्कर्षमा नपुगेपछि एमाले अध्यक्ष केपी ओली एमाओवादी अध्यष पुष्पकमल दाहाल र कांग्रेस महामन्त्री कृष्ण सिटौलाबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा भएको भेटवार्ता राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रीत भएपनि संयन्त्र गठनमा सहमति बन्न नसकेको स्रोतले बताएको छ । बैठकमा संयन्त्र गठनबारे छलफल भए पनि कुनै सहमति हुन नसकेको तर यस विषयमा काँग्रेस, एमाले लचक भने भएको बताइएको छ ।

बिहीबार साँझ एमाओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको भेटवार्ताबाट शुक्रवार तीन दलको शीर्षस्थ नेताको बैठक बस्ने सहमतिअनुसार ओली निवासमा तीन दलका नेताको छलफल भएको बताइएको छ ।

आधा घण्टाभन्दा बढी भएको छलफलमा संयन्त्र गठनबारे सहमति हुन नसकेको तर ओली उपचार गराई भारतबाट फर्किएपछि यस विषयमा पुनः छलफल गर्ने गरी बिना निष्कर्ष आजको बैठक सकिएको छ । बैठक पछि ओली उपचारको लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।


  •  
  •  
  •