प्रमुख तीन दलको बैठक आज पनि बस्दै

95
  •  
  •  
  •  

  काठमाडौं, २१ असोज (ओएनएस) : प्रमुख तीन दलको बैठक आज पनि बस्दैंछ । अवरुद्ध व्यवस्थापिका संसद खोल्न र संबिधानका विवाति बिषयमा सहमति खोज्न हिजो बसेको तीन दलको बैठक र सर्वदलिय बैठक निष्कर्षमा पुग्न नसकेकाले बैठक आज पनि बस्न लागेको हो ।

संविधानसभाले आज २१ गते भित्र सहमति गर्ने समय दिएकाले आज जसरि पनि सहमति गर्नु पर्ने नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए । उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन र संसदको अवरोध अन्त्य गर्नेमा दलहरुबीच मौखिक सहमति भएपनि संविधानको बिषयमा सहमति हुन नसकेको पौडेलले बताए।हिजोको सर्वदलिय बैठकमा तीन दलबीच सहमति गरेर फेरी सबै दलसँग छलफल गर्ने निर्णय भएको पौडेलले बताए ।   


  •  
  •  
  •