संवाद समिति निर्णयविहीन, सहमति गर्ने जिम्मा शीर्ष नेतालाई

60
  •  
  •  
  •  

काठमाडौं, २० असोज (ओएनएस) : संविधानका विवादित विषयमा सहमति जुटाउन बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक निष्कर्षविहीन भएको छ । सोमवार विहान सिंहदवामा बसेको बैठकले राज्य पुर्नसंरचना, शासकीय स्वरुप तथा न्यायप्रणालीका विषयमा सहमति जुटाउन अन्तिम प्रयास गरेको थियो । तर, प्रमुख दलले विवादित विषयमा सहमति जुटाउन समय माग गरेपछि समितिको बैठक निष्कर्षविहीन समिति सदस्य रामकुमार खुम्बुले जानकारी दिए ।

खुम्बुका अनुसार संविधानका विवादित विषयमा सहमतिका लागि आज अन्तिम प्रयास गर्ने, सहमति बन्न नसके सहमति र असमतिका बुँदा संविधानसभामा पेश गर्ने सहमति भएको छ । प्रमुख दलका शीर्ष नेताको बैठक आज अपरान्ह चार बजे बस्ने तय भएको छ ।

यसैगरी समितिको बैठकले प्रारम्भिक वार्ता उपसमितिको म्याद असोज मसान्तसम्मका लागि बढाउने निर्णय गरेको छ ।  आनन्दप्रसाद ढुंगाना संयोजक रहेको प्रारम्भिक वार्ता उपसमितिले संविधान लेखनमा सबै राजनीतिक दल र समूहको सहभागिता र समर्थन जुटाउन औपचारिक तथा अनौपचारिक रुपमा वार्ता र संवाद चलाउँदै आएको छ ।
समितिका सभापति डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको उक्त बैठकले विवाद समाधान उपसमितिको म्याद असोज मसान्तसम्म थप गर्ने सम्बन्धमा पेस भएको अर्काे प्रस्तावलाई पनि सहमति प्रदान गरेको समितिले जनाएको छ । उक्त उपसमितिका संयोजक लक्ष्मणलाल कर्ण छन् ।

बैठकमा तत्कालीन राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँड समिति र राज्यको शासकीय स्वरुप निर्धारण समितिको असहमतिका विषय र व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समिति, संवैधानिक समितिलगायत विवाद समाधान उपसमितिले गरेका सहमतिसम्बन्धी प्रतिवेदन २०७१ माथिसमेत छलफल भएको थियो ।

त्यस भन्दा पहिला दलहरुल आन्तरिक छलफल गर्ने र साझा धारणासहित सर्वदलीय बैठक बस्ने तए भएको बताइएको छ ।


  •  
  •  
  •