प्रमुख तीन दलको बैठक आज पनि बस्दैं

111
  •  
  •  
  •  

काठमाडौं, २० असोज (ओएनएस):  प्रमुख तीन दलको बैठक आज पनि बस्दैंछ । अवरुद्ध व्यवस्थापिका संसद खोल्न र संबिधानका विवाति बिषयमा सहमति खोज्न हिजो बसेको तीन दलको बैठक निष्कर्षमा पुग्न नसकेकाले बैठक आज पनि बस्न लागेको हो । संविधानसभाले भोली २१ गते भित्र सहमति गर्ने समय दिएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व सुरुमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिनेमा काँग्रेस एमाले तयार भएकाले अब छिट्टै सहमति हुने आशा गरिएको छ । बिहान ९ बजे पछि बैठक बस्ने एमाले उपाध्यक्ष भिम रावलले जानकारी दिए । यसैबीच एकीकृत माओवादी सहित छुट्टा छुट्टै मोर्चामा आवद्ध दलहरुको बैठक आज बस्दैछ । हिजोको बैठकमा प्रक्रियामा गएर नयाँ संविधानका विवादित बिषय टुङग्याउन खोजे आन्दोलन गर्ने निर्णय गरेका दलहरुले दवाव र आन्दोलनका कार्यक्रम तय गरेर आजै पत्रकार सम्मेलन मार्फत घोषणा गर्ने भएका छन् ।

एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पहिचाँन सहितको संघियताका पक्षधर संविधानसभा भित्र र बाहिरका दलहरुको सहभागिता रहने एकीकृत माओवादी नेता बर्षमान पुनले जानकारी दिए । आज तीन दलको बैठकमा सहमति नभए आन्दोलनमा जाने तयारी एकीकृत माओवादीले गरेको छ ।


  •  
  •  
  •