प्रमुख तीन दलको बैठक निष्कर्षविहीन

81
  •  
  •  
  •  

काठमाडौं, १९ असोज (ओएनएस) नयाँ संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन र अबरुद्ध संसद खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष सकिको छ ।  दुई साता लामो अमेरिका भ्रमणबाट स्वदेश फर्के लगत्तै सहमति जुटाउने प्रयासमा पुर्वनिर्धारित बैठक प्रधानमन्त्रीले बोलाएका थिए ।

तर,  बैठकमा दलहरुले आफ्नो अडान नछोडेपछि  कुनै सहमति हुन नसकको उपप्रधानमन्त्री बामदेव गौतमले जानकारी दिए । मुख्य रुपमा राज्यपुर्नसंरचना र शासकीय स्वरुपमा दलहरु आफ्नै अडानमा रहे । विगत पाँच वर्षमा दलहरु जँहा थिए अहिले पनि त्यँही रहेकाले सहमति हुन नसकेको गौतमले जनाए । बैठक पुन भोली पनि बस्नेछ ।

बैठकमा एमालेका अध्यक्ष केपी ओली, एमाओवादी  अध्यक्ष पुष्पकमल दाहाल  लगायतका नेताहरुको सहभागीता थियो ।  तीन दलले गठन गरेको कार्यदलले सहमतिको प्रस्ताव प्रस्तुत गर्न नसके पछि दलका शीर्ष नेता आफै सहमतिको प्रयासमा लागेका छन् ।
यसैबीच संविधानका बिषयमा साझा धारणा बनाउन बसेको काँग्रेस एमालेको बैठक निष्कर्षबिहीन भएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा राज्यपुर्नसंरचना र शासकीय स्वरुपमा काँग्रेस र एमालेको एउटै धारणा बनाउने बारेमा छलफल भए पनि दुवै बिषयमा एकै धारणा बनाउन नसकिएको एमाले उपाध्यक्ष भिम रावले बताए  ।

यी बिषयमा दुवै पार्टीभित्र थप छलफल गर्न आवस्यक भएकाले आज कुनै निर्णय हुन नसकेको रावलले वताए । तीन दलको बैठकमा कसरी प्रस्तुत हुने र एकीकृत माओवादीका माग कसरि सम्बोधन गरेर संसद सुचारु गर्ने भन्ने बारेमा बैठकमा छलफल भएको थियो ।


  •  
  •  
  •