संविधानमा ध्यान केन्द्रित गर्न भन्दै संवैधानिक परिषदको बैठक स्थगित

85
  •  
  •  
  •  

काठमाडौं, १९ असोज (ओएनएस) रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्न भोली बस्ने भनिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले सरकारको सम्पुण ध्यान संविधान निर्माणमा केन्द्रित गर्ने भन्दै भोलीका लागि बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित गरिएको प्रधानमन्त्री निकट स्रोतले जर्नाको छ ।

यसअघि बसेको परिषदको बैठकले मानव अधिकार आयोगमा पदाधिकारी नियुक्त गरेको थियो । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगमा पदाधिकारी रिक्त छन् । अख्तियारमा तीन जना आयुक्त र लोकसेवा आयोगमा एक जना सदस्य नियुक्त गर्न बाँकी छ ।

सरकारले आफ्नो ध्यान संविधान निर्माणमा केन्द्रित गर्न बैठक स्थगित भएको बताएपनि रिक्त पदमा नियुक्ती गर्ने व्यक्तिका विषयमा सहमति नजुटेका कारण बैठक स्थगित भएको स्रोतले बतायो । बाँकी पदमा एमाओवादीले पनि भाग खोजेपछि बैठक स्थगित भएको स्रोतले दाबी गर्यो । परिषदमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलको नेता, प्रधानन्यायाधीश, प्रधानमन्त्रीले चयन गरेका तीन मन्त्री सदस्य रहने व्यवस्था छ ।

 

 

 


  •  
  •  
  •