सहमति जुटाउन बसेको तीन दलको बैठक निष्कर्षविहीन

306
  •  
  •  
  •  

काठमाडौं, १३ असोज (ओएनएस) : उच्चस्तरीय राजनीतिक संयन्त्र गठन , संविधानका विवादित विषयमा सहमति र अवरुद्ध व्यवस्थापिका संसद सुचारु गर्ने विषयमा सहमति जुटाउन बसेको तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ । सोमवार विहान सिंहदरवारमा बसेको बैठकमा दलहरु आफ्नो अडानबाट पछि नहटेपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।

एमाओवादीले भने सरकार संविधान निमाणप्रति उदासिन भएको आरोप लगाउँदै सरकारकै कारण सहमति बन्न नसकेको आरोप लगाएको छ । मुख्य रुपमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनप्रति कुरा नमिल्दा बैठक निष्कर्षविहीन भएको हो । तीन दल उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न सहमत भएपनि नेतृत्वको विषयमा कुरा मिलेको छैन् । एमाओवादीले संयन्त्रको संयोजक आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ भने कांग्रेस एमालेले भने आलो पालो गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

स्रोतका अनुसार कांग्रेस एमालेले संयन्त्रको संयोजक पहिला र अन्तिम महिना एमाओवादीले गर्ने बाँकी कांग्रेस एमालेले गर्ने प्रस्ताव राखेका छन् । संविधान जारी नभएसम्मकालागि संयन्त्र गठन गर्ने विषयमा भने उनीहबीच सहमति भएको छ ।

आजको बैठकमा संविधानका विवादित विषयमा सहमति जुटाउने प्रयास भएको थियो । तर, एमाओवादीले संयन्त्रको संयोजकका विषयमा पहिला टुंगो लगाउनुपर्ने अडान लिएपछि सो विषयले बैठकमा औपचारिक प्रवेश नै नपाएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।


  •  
  •  
  •