मुख्य तीन दलको बैठक सिंहदरबारमा जारी

34
  •  
  •  
  •  

काठमाडौं, १३ असोज (ओएनएस)

संविधानका निर्माणका विवादित विषयमा सहमती खोज्न मुख्य तीन दल कांग्रेस, एमाले र एमाओवादीको संयुक्त बैठक सिंहदरबारमा बसिरिहेको छ । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, व्यवस्थापिका संसदको गतिरोध अन्त्य, तीन दलबीच भएको चार बुँदे सहमति तथा चालु आर्थिक वर्षको बजेट पारितलगायतका विषयमा छलफल हुने बताइएको छ ।

उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने विषयमा दलहरूबीच सहमति भए पनि त्यसको नेतृत्वका विषयमा भने सहमती जुट्न सकेको छैन ।

कांग्रेस र एमालेले उच्चस्तरीय राजनीतिक समिति शान्तिप्रक्रियालाई पूर्णता दिन मात्रै बनाइनुपर्ने धारणा अघि सार्दै आइरहेका छन् भने एमाओवादीलगायत मधेसवादी दलले भने संविधान निर्माणका विषय पनि समितिको कार्यक्षेत्रभित्र पारिनुपर्नेमा जोड दिइरहेका छन् ।
त्यस्तै, समितिको नेतृत्व पनि आलोपालो प्रणालीका आधारमा गर्नुपर्ने तर्क कांग्रेस र एमालेको छ भने एमाओवादीले भने त्यसको स्थायी नेतृत्व आफैंले पाउनुपर्ने दाबी गर्दै आएको छ ।
प्रमुख दलहरूबीच सो समितिका तीन–तीनजना सदस्य रहने र मधेसी दलका तर्फबाट आलोपालो गरी तीन जना सदस्य रहने विषयमा अनौपचारिक सहमति भएपनि त्यसले पूर्ण आकार भने पाउन सकेको छैन ।

  •  
  •  
  •