झुक्किनुहोला, यी ओबामा होइनन्

446
  •  
  •  
  •  

obama-lookalike-shiyaoकाठमाडौ, ६ असोज(एजेन्सी) : चीनका शियाओ चिकुओलाई देखेपछि धेरै झुक्किन्छन् । चीनका शियाओ अमेरकी राष्ट्रपति बाराक ओबामा जस्तो देखिन्छन् । उनी बाराक ओबामाजस्तो मात्र देखिदैनन्, उनी चीनको एक चलचित्रमा अमेरिकी नेताको भूमिकामा पनि देखिने भएका छन् ।

२९ वर्षीय शियाओ एक साधारण परिवारबाट हुन् र स्टेज आर्टिस्ट बन्नुअघि उनी १० वर्षसम्म फ्याक्ट्रि मजदुर र सेक्युरिटी गार्डको जागिर खाइसकेका छन् । शियाओ ट्यालेन्ट शोमा आएपछि लाइमलाइटमा आए ।

शियाओले सन् २०१२ मा एक टेलिभिजन ट्यालेन्ट हन्ट शो मा भाग लिएका थिए । त्यसपछि उनी केही अनलाईन मिनी सिरिज र छोटा चलचित्रमा समेत अभिनय गरे । अब चाँडै नै उनी एक कम लगानी भएको एक चलचित्रमा देखिने भएका छन् । शियाओका अनुसार यस चलचित्रमा उनी ओबामाजस्तै देखिने एक सामान्य ग्याङस्टारको भूमिका निर्वाह गरिरहेका छन् ।

ओबामाजस्तै देखिने शियाओ मात्र नभई इण्डोनेसियाका जाकार्ताका ४० वर्षीय इल्हाम अनस पनि ओबामा जस्तै देखिन्छन् । अमेरिकी राष्ट्रपति जस्तै देखिने असनको घर उनको अनुहारका कारण चल्दै आएको छ ।


  •  
  •  
  •