मान्छेकै मासु खानुपर्दाका दिन

101
  •  
  •  
  •  

काठमाडौं १४ माघ ।
‘उरी, मलाई कोट देऊ त’, हिटलरको यातनाशिविरबाट उम्किएकी सारा अटमोन संयोगले हिउँदे चिसोमा हिमालयको देश आइपुगिन् र उरी (पति) सँग कोट मागिन्।  ‘लगभग यही बेलातिरकै चिसो सम्झिए हुन्छ’, काठमाडौंको हिउँदे चिसोले उनलाई ११ वर्षको उमेरमा हिटलरको पन्जामा पर्दाको कठ्यांग्रिने दिनहरू सम्झायो।
‘हंगेरीको बेरगेम बेल्सेनमा बाक्लो हिउँ परेका दिनहरू। जताततै च्यातिएर सिलाएका कपडा लगाएका हामीलाई हरेक दिन दुईदेखि पाँच घन्टासम्म बाहिर राखेर गणना गरिन्थ्यो। हामीले उफ्रिरहनुपथ्र्यो। नत्र रगत जम्ने खतरा हुन्थ्यो।
दिनभर खान एक टुक्रा पाउरोटी र आलुको बोक्रा उमालेको झोल दिइन्थ्यो। कहिलेकाहीं एकदुई टुक्रा मासु पनि। हामीले अन्तिममा भान्सामा केही लास लगेका देखेपछि मात्र थाहा पायौं, त्यो त मान्छेको मासु रहेछ’, ८२ वर्षीया साराले ७० वर्षअघिको त्रासदी स िझइन्।
मानवले आफ्नो सजातीय प्राणीमाथि गर्ने चरम क्रूरता भोगेकी साराले अरू त अरू ६ महिनासम्म नुहाउन पाइएन भन्दासमेत पत्याउँदैन आजको पुस्ता। उनले त्यो बेहोरेर आएकी थिइन्। भाग्यले जीवन जोगाएको थियो।
हिउँदे यातना त्यस्तो थियो भने गर्मीमा तीन मिटर चौडाइ र नौ मिटर लम्बाइको एउटा बंकरमा ९६ जनालाई थुनिएको थियो। झन्डै एक महिनासम्म खाना र पानी पनि नदिएर राखिएको थियो।
एउटा सानो झ्यालबाट सास फेर्न हावा आउँथ्यो। ‘म त्यो क्षण सम्झन सक्दिनँ। मसँगै लगिएका अरू बच्चा पानी नपाएर मरेका थिए। म उनीहरूको लाससँगै बस्नुपर्थ्‍यो ‘, उनले अन्नपूर्णसँग भनिन्।
एक वर्षस मम्उनी यो दानवी कैदमा रहिन्। उनीसँगै समातिएका बाबु इजरेल, दाजु सेन्डर, भाउजू पर्ल र उनका चार छोराछोरीमात्र होइन, हजुरआमा मल्कासहित परिवारका ६० जना सदस्य हिटरलको यातनाशिविरमै मारिए।
 उनीलगायतका जो बचे, तिनीहरू शिविरबाट मुक्त हुँदासम्म सबैथोक सकिएको थियो- घर, पहिचान र जन्मथलो। ‘मानसिक र शारीरक रूपमा गहिरो त्रास बोकेर हामी जीवन घिसार्दै इजरायल पुगेका थियौं’, उनी यातनाशिविरबाट निस्कँदाको क्षण सम्झिन्छिन्, ‘त्यतिबेला जर्मन फौजको मनस्थिति तपाईं कल्पना गर्न सक्नुहुन्न, जति बेला पनि उनीहरूलाई यहुदी मार्ने धुन सवार भइरहेको हुन्थ्यो।’
अमेरिकी सेनाले उनीसहितका यहुदीलाई हंगेरीको मेडिवर्गबाट मुक्त गर्दासम्म त्यहाँमात्र झन्डै ५० हजार यहुदी मारिएको अनुमान गरिएको छ।
यति हुँदा पनि उनी भाग्यले बाँचिन् तर सबै थोक गुमाएर। ‘१२ वर्ष पुगेकी मेरो हाड र छालामात्र बाँकी थियो, म १७ किलोकी थिएँ’, उनले सम्झिन्। शिविरबाट बचेका अरू यहुदीसँगै उनी तीन महिनापछि इजरायल पुगिन् र त्यहाँको सेनामा भर्ना भइन्।
उनलाई लाग्यो, ‘मानवले मानवमाथि गरेको चरम घृणा र यातनाका ती दिनबारे नयाँ पुस्तालाई बताउनुपर्छ।’ त्यसैले शिविरमा देखेका दृश्य चित्रमा उतार्न थालिन्।
मंगलबारदेखि राजधानीको फ्रान्सेली केन्द्रमा सुरु भएको ६ दिने एकल चित्रकला प्रदर्शनीको औचित्य खोल्दै उनले भनिन्, ‘मजस्तै धेरै ‘होलोकोस्ट सर्भाइभल’ बूढाबूढी हुँदै जाँदैछन्।
 यी चित्रकलाले आगामी पुस्तालाई सचेत गराइरहनेछन्। मानव जातिले उसकै बन्धुलाई क स्तोसम्म ज्यादती गर्नसक्दो रहेछ भनेर जानकारी दिनेछन्।’
अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •