‘मि टु’ अभियानकाे पक्षमा सुस्मिता सेन पनि खाेलिन् मुख

575
  •  
  •  
  •  

काठमाडौं, १ कार्तिक (ओएनएस) : बलिउड अभिनेता नाना पाटेकर यतिबेला याैन अाराेपलार्इ लिएर तीव्र विवादमा छन् । नायिका तनुश्री दत्तले नाना पाटेकरमाथि गम्भीर आरोप लगाएपछि सिंगै बलिउडमै उथलपुथल भएकाे छ। कतिपय बलिउड कलाकार नाना पाटेकरकाे समर्थनमा छन् भने कतिपय विपक्षमा छन्।

यसैक्रममा अभिनेत्रीहरु दिनप्रतिदिन आफूमाथि भएको सेक्सुअल ह्यारेसमेन्टका विषयमा खुल्न थालेका छन्। ‘मि टु’ अभियानकाल कारण बलिउडमा तहल्का नै मच्चाएको छ।

ह्यारेसमेन्टका विषयमा बोल्ने अभिनेत्री तनुश्री दत्तलाई प्रियांका चोपडादेखि फरान अख्तरले पनि साथ दिए। हालै अभिनेत्री सुस्मिता सेनले पनि यस मुभमेन्टबारे बोलेकी छिन्। मुभमेन्टले बलिउड भित्र ह्यारेसमेन्ट गर्ने राक्षसका विरुद्धमा बोल्ने हौसला दिएको उनले जनाइन्। उनी मुभमेन्टसँग खुसी पनि छिन्।

फिल्मीबिटलाई उनले भनेकी छिन् ‘कोहि एकजनाले कसैलाई आरोप लगाउँदा प्रश्न उठ्नु सामान्य हो। तर, ५० जनाले एउटैलाई आरोप लगाउँदा, त्यहाँ अवस्य सत्यता हुन्छ।’ उनले मि टु अभियानको पक्षमा आफ्नो धारणा राखेकी हुन्। अहिलेसम्म अभिनेता नाना पाटेकर, साजिद खान, करिम मोरानी,आलोक नाथ, कैलाश खैरलाई सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेको छ।


  •  
  •  
  •