सरकारले नि:शुल्क उपलब्ध गराउने भनिएको औषधी पाउनमा समास्या

326
  •  
  •  
  •  

काठमाडौं, ७ चैत (अाेएनएस) : रौतहटमा सरकारले नि:शुल्क उपलब्ध गराउने भनिएको औषधी पाउन छाडिए पछि त्यहाका स्थानीयवासीहरुलार्इ समास्या भएकाे छ।

रौतहट जिल्लाका अधिकांस स्वास्थ्य संस्थामा सरकारले निशुल्क उपलब्ध गराउने भनेको औषधी नरहेकाे स्वस्थ्य संस्थाहरुले स्वीकारेका छन्। १८ स्थानीय तहमध्ये धेरैले अहिलेसम्म औषधि खरिद नै गरेका छैनन् ।

पहिले जिल्ला जनस्वास्थ्यले औषधि आपुर्ति गदै आएकोमा स्थानीय तहको नयाँ संरचनापछि सम्बन्धित गाउँपालिका र नगरपालिकाले नै खरिद गर्नुपर्ने व्यवस्था छ ।

२५ देखी ३० किसिमका औषधि बिरामीलाई निशुल्क दिने गरेकामा पछिल्लो समय महंगा औषधि सरकारी स्वास्थ्य संस्था बाहिर किन्नुपर्ने बाध्यता रहेको छ ।

पर्याप्त औषधि उपलब्ध गराईदिन पटकपटक लिखित र मौखिक आग्रह गर्दा समेत नगरपालिका र गाँउपालिकाले बेवास्ता गरेको स्वास्थ्य संस्थाका कर्मचारीको गुनासो छ ।

सरकारले स्वास्थ्य चौकीबाट ४५, प्राथमिक स्वास्थ्य केन्द्रबाट ६० र जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो । गत साउन मै औषधिको टेण्डर हुनुपर्नेमा त्यो हुन नसक्दा चन्द्रपुर नगर क्षेत्रमा रहेका सरकारी स्वास्थ्य संस्थाबाट निशुल्क औषधि पाउन छाडिएको हो ।


  •  
  •  
  •