कमिसनमा किनिन्छन् डाक्टर र अस्पताल

355
  •  
  •  
  •  

काठमाडौं, १३ पुस (ओएनएस) : नेपालमा अहिले चलिरहेका ४५ औषधी उद्योगले ७७ प्रकारका औषधी उत्पादन गर्छन् । नेपाली उद्योगका औषधीले मुस्किलले ४० प्रतिशत मात्रै यहाँको बजारको हिस्सा ओगटेको छ । विदेशका दुई सयभन्दा बढि कम्पिनले नेपालमा औषधी बेच्छन् ।

सरकारले पनि विदेशी कम्पनीलाई मिल्नेगरी बोलपत्र आह्वान गरेर बिदेशी कम्पनीकै औषधी किनिरहेको औषधि उत्पादक संघका उपाध्यक्ष एसके अग्रवाल बताउँछन् । उनका अनसार नेपाली बजारमा वार्षिक १२ अर्ब रुपैयाँको औषधिको करोबार हुन्छ ।

सरकारले हरेक वर्ष ८० करोड रुपैयाँको औषधि किन्दा जम्मा नौ करोड रुपैयाँको मात्रै नेपाली औषधी किनीरहेको व्यवसायीहरु बताउँछन् । देश विदेशका जुनसुकै प्रयोगशालामा लगेर परिक्षण गरेपनि नेपाली औषधी गुणस्तरीय छन् । तर अस्पताल र डाक्टरहरुले कमिसनको लोभमा विरामीहरुलाई विदेशी कम्पनीको औषधि किन्न सिफारिस भइरहेको व्यवसायीको दाबी छ । नेपाल औषधी व्यवसायी संघका उपाध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ ‘ नेपाली औषधी गुणस्तर भएर पनि किन विदेशी औषधी कै भर पर्नु परेको छ ?’ यसको छानविन हुनुपर्ने तर्क गर्छन ।

pharma-nepal

नेपालमा स्लाईन र जटिल खालको उपचारमा प्रयोग हुने इन्जेक्सनहरु कम उत्पादन हुने कारणले पनि औषधी बजारको ठुलो हिंस्सा बिदेशी उत्पादनले ओगटीरहेको छ । नेपालमै पर्याप्त उत्पादन भइरहेका र उस्तै गुणस्तरको औषधी विदेशबाट आयातमा गर्न रोक नलगाएसम्म नेपाली औषधीको बजार विस्तार हुन नसक्ने औषधि व्यवसायी सुसिल मित्तलको तर्क छ ।

‘विदेशमा पाइने औषधी भन्दा पनि बढी गुणस्तरको औषधी नेपालमा पाइन्छ’ व्यवसायी मित्तलले भने, ‘तर विदशेबाटै आएको औषधी चिकित्सकले किन सफारिस गर्छन, अब नेपालमा पाइने एउटै गुणस्तरको औषधी विदेशबाट ल्याउन रोक लगाउनुपर्छ । ’

डाक्टर र अस्पताल किनिन्छ

औषधी व्यवसायीले डाक्टर तथा अस्पताललाई कमिसन दिने खेलका कारण औषधी उपचारको क्षेत्र सेवामुखी भन्दा पनि व्यापारमुखी हुन थालेको छ । डाक्टर र अस्पताललाई विदेशी औषधी कम्पनीले एजेन्टमार्फत किन्ने गरेको नेपाली व्यवसायीको दाबी छ ।

औषधी व्यवस्था बिभागका निमित्त महानिर्देशक गजेन्द्रबहादुर भुजु सरकारले स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिने नीति लिएको दाबी गर्छन् । तर, सरकारी नीति अस्पतालले नटेर्दा कार्यान्वयन हुन नसकेको उनले स्वीकार गरे । नेपालमा औषधीका लागि चाहिने जडिबुटी, बनस्पति र अन्य खनिज पदार्थहरु प्रसस्त छन् । नेपालबाट कच्चा पदार्थ लगेर विदेशी कम्पनीले बनाएका औषधि हामीले महँगोमा किन्नु परीरहेको छ ।

सरकार, डाक्टर र स्वास्थ्यसंस्थाले पनि बिदेशी औषधिलाई प्राथमिकता दिने गरेको पाइएको छ । औषधीमा वर्षेनी अरबौ रुपैयाँ विदेश गैरहेको छ भने स्वदेशमा उत्पादित औषधीले बजार पाउन सकिरहेका छैन ।

जटिल प्रकृतिका रोगमा प्रयोग हुने औषधी नेपालमा पाइदैनन । विशेषगरि क्यान्सर, एचआईभी एड्सजस्ता रोगको उपचारमा प्रयोग हुने औषधी नेपालमा उत्पादन हुँदैनन् । तर, सामान्य औषधी पनि बाहिरबाट अयात भइरहेको छ ।

drugs[1]_20110103091743


  •  
  •  
  •