औषधि नपाए १६६०१–३३४४४ मा फोन गर्नुहोस्

323
  •  
  •  
  •  

काठमाडौं ८ मंसिर ।
स्थ्य मन्त्रालयमा हेल्प डेस्क भारतीय नाकाबन्दीले उपचारमा परेको समस्या न्यूनीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारबाट हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । मन्त्रालयले बिरामी, सर्वसाधारण र अस्पतालले कुनै औषधि अभाव भएमा पैसा नलाग्ने टोल फ्री नम्बर १६६०१–३३४४४ मा खबर गर्न भनेको छ । कर्मचारीले औषधि तत्काल व्यवस्थापन गर्ने तथा उपायबारे जानकारी दिने मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

टोल फ्री नम्बर भने कार्यालय समयमा मात्रै सुचारु रहनेछ । औषधि व्यवस्थापन गर्न चारसदस्यीय कार्यदल भारतको नाकाबन्दीपछि अभाव भएका अत्यावश्यक औषधि तथा उपकरण व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले सहसचिव डा. गुणराज लोहनीको संयोजकत्वमा चारसदस्यीय कार्यदल बनाएको छ । कार्यदलले सरकारी तथा निजी अस्पतालमा औषधि तथा उपकरण व्यवस्थापन, नाकामा रोकिएका औषधि रिरुट गरेर ल्याउने, देशभित्रै रहेका औषधि तथा उपकरण गन्तव्यमा पुर्‍याउने तथा स्वास्थ्य संस्थामा आवश्यक इन्धन सहज उपलब्ध गराउनेछ ।

अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको औषधि प्रयोगमा पााच महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा अलपत्र रहेका डेढ अर्ब रुपैयाँभन्दा बढीको औषधि प्रयोगमा ल्याइने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार विमानस्थल भन्सारलाई १ प्रतिशत भन्सार शुल्क तिरेर अलपत्र औषधि मन्त्रालयले ल्याउँदै छ ।

भन्सार गोदामबाट ल्याउने प्रक्रिया समयमै अगाडि नबढाउादा झन्डै १५ करोडको औषधि खेर गएको छ। एनआरएनले तीन करोडको औषधि हस्तान्तरण गर्दै औषधि अभाव कम गर्न गैरआवासीय नेपाली संघ (एनआरएन) ले तीन करोड रुपैयाँबराबरको औषधि दिने भएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका अनुसार मंगलबार दिउँसो ४ बजे एनआरएनले औषधि हस्तान्तरण गर्दै छ । संघले दिएका औषधि तथा अप्रेसनका उपकरण केन्द्रीय अस्पतालका लागि लक्षित छ ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •