नेपाल औषधीगत विक्रि प्रबन्धक संगठनको नयाँ कार्यसमिति चयन

182
  •  
  •  
  •  

काठमाडौं, ५ असोज (ओएनएस) : नेपाल औषधिगत विक्रि प्रवन्धक संगठनको १३ औं महाधिवेशनले नेत्र नाथ पौडेलको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमिति चयन सँगै महत्वपूर्ण निर्णयहरु पनि सार्वजनिक गरेको छ ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले आफ्नो संगठनको १३ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको जानकारी दिँदै महत्वपूर्ण निर्णयहरु समेत गरेको बताएको छ ।

संगठनले १३ औं महाधिवेशनले निर्विरोध रुपमा नेत्र नाथ पौडेलको अध्यक्षतामा २४ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गरेको जानकारी दिएको छ । संगठनका अनुसार उपाध्यक्षमा सुरजित दत्त, उपाध्यक्ष निष्मा बज्रचार्य, उपाध्यक्षमा ह्ेम कुमार झा, महासचिवमा सिताराम जोशी, उप महासचिवमा विकास दाहाल, सचिवमा राजु श्रेष्ठ, कोषाध्यक्ष सुर्दशन जोशी, सह कोषाध्यक्षमा जयन्द्र सिंह राठौर लगायत चयन भएका छन् ।

कार्यक्रममा औषधी व्यवस्था विभाग मार्फत सरकारलाई डिडिय मा मार्केटिङ् डेस्क को व्यवस्था गर्नुपर्ने माग गरेको छ । संगठनका अध्यक्ष नेत्र नाथ पौडेलले विभिन्न राष्ट्रहरुले व्यवासायिक विक्रि ऐन बनाउनुपर्ने भन्दै औषधीको पहुच जनतामा पु¥याउन सहज बनाउनुपर्ने धारणा राखेका छन् ।
छिमेकी राष्ट्रहरुमा व्यवासियक ऐन सक्रिय रहेको उल्लेख गर्दै पौडेलले नेपालमा पनि पेशाकर्मीहरुको हकहित संरक्षण गर्नमा ऐन जरुरी रहेको बताएका छन् । पौडेलले भने– ‘‘हामी यो पेशामा लाग्ने सवै स्नात पास गरेका छौं, पीईएनमा आवद्ध पेशाकर्मीहरु वौद्धिक छन । राष्ट्रको औषधी नीति निर्माण तथा कार्यन्वयनमा सहयोगी हुन सक्छन् । ’’

संगठनले डिडिए मा मार्केटिङ् डेस्क राख्ुनपर्ने, व्यवसायिक विक्रि ऐन लागू गर्नुपर्ने, बजारमा अहिले धेरै विदेशी कम्पनीहरु सञ्चालनमा रहेको उल्लेख गर्दै ट्याक्स लिने व्यवस्था गरिनुपर्ने, विदेशी कम्पनीहरुको क्षेत्रिय कार्यालय नेपालमै खोलिनुपर्ने जस्ता तीन सूत्रिय मागहरु अघि सारेको छ ।

महाधिवेशनमा प्रमुख अतिथि भने महानायक राजेश हमाल, अतिथिमा चिकित्सक संघका अध्यक्ष डा. अन्जनी कुमार झा, औषधी व्यवस्था विभागका प्रमुख गजेन्द्र व.भूजु, उमेश लाल श्रेष्ठ, सिएनआईका बरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा लगायतको उपस्थिति रहेको पनि संगठनले जनाएको छ ।


  •  
  •  
  •