विभिन्न मेडिकल कलेजद्वारा २ हजार जनालाई न्यानो कपडा वितरण

122
  •  
  •  
  •  

काठमाडौं । नेपालभरमा मेडिकल कलेजका विद्याथीहरुले ‘राष्ट्रव्यापी न्यानो कपडा दान अभियान’ सम्पन्न गरेका छन् ।

‘न्यानो बाडाैँ, खुसी बाडौँ’ भन्ने नाराका साथ विद्यार्थीहरुले बल्खु बस्ती, जागरण टोलका पाँच सय घरधुरीका २ हजार जनालाई न्यानो कपडा वितरण गरेका हुन् । १५ वर्ष माथिका महिला तथा पुरुष, जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

यो कठ्याँग्रिदो जाडोमा विपन्न वर्गका व्यक्तिलाई केहि सहज होस् भन्ने उदेश्यले न्यानो कपडा वितरण गरिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो वर्षमा अध्यानरत विद्यार्थी तथा स्टुडेन्ट नेटवर्क अर्गनाइजेसन नेपालका सेक्रेटरी कृष्ण बहादुर चन्दले बताए ।
उनका अनुसार आगामी दिनमा पनि देशका दुर्गम ठाउँहरुमा कपडा वितरण गर्ने र स्वास्थ्य शिविरहरु गर्ने कार्यक्रम रहेको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो वर्षमा अध्यानरत विद्यार्थी अधिराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जागरण टोल सुधार समितिका अध्यक्ष हिमाल प्रमुख अतिथि थिए ।

कार्यक्रममा समितिका सचिव प्रज्ज्वल लिम्बुले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमलाई विभिन्न मेडिकल कलेज र संस्थाको सहयोगमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो वर्षमा अध्यानरत विद्यार्थीहरु कृष्ण बहादुर चन्द सोडारी र अधिराज आचार्य तथा नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोश्रो वर्षमा अध्यानरत विद्यार्थीहरु पूजा रोकाया र समिक्षा अधिकारीले संयोजन गरेका हुन् ।

अभियानमा काठमाडौ उपत्यकाका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज,जोरपाटीको सहभागीता छ ।

उपत्यका बाहिर क्रियाशील मेडिकल कलेजहरु लुम्बिनी मेडिकल कलेज, नेसनल मेडिकल कलेज, देवदह मेडिकल कलेज, जानकी मेडिकल कलेज, काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेजको पनि सहभागिता छ ।

अभियानमा संलग्न क्लब तथा संस्थाहरुमा ब्रिज रक्तदान तथा आकस्मिक प्रतिक्रिया समिति, स्टुडेन्ट नेटवर्क अर्गनाइजेसन नेपाल, लियो क्लब अफ काठमाडौं अम्पायर, पहिलो पाइला नेपाल, लियो क्लब अफ सामाखुशी, करूना च्यारिटेबल सोसाइटी, यू.सी.एम.एस., भैरहवा, आइ.ओ.एम्., पि.एस्.आर्, एन्., नेपाल मेडिकल कलेज रहेका छन् । यस्तै रेड क्रस युथ सर्कल, गण्डकी मेडिकल कलेज, रोटेरेक्ट क्लब अफ पोखरा(गण्डकी मेडिकल कलेज  रोटेरेक्ट क्लब अफ काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेज, रोटेरेक्ट क्लब अफ काठमाडौं मेडिकल कलेज, रोटेरेक्ट क्लब अफ बिराटनगर फ्युजन (सामुदायिक क्लब)(बिराट मेडिकल कलेज, आवर अटेम्प्ट टुवार्ड्स हेल्थ(नेसनल मेडिकल कलेज, एन्.जी.एम्.सी. होप्स(नेपालगन्ज मेडिकल कलेज, रोटेरेक्ट क्लब अफ कान्तिपुर डेन्टल कलेज, प्रवाह, कलेज अफ मेडिकल साइन्सेस एन्ड टिचिङ हस्पिटल र सडकमा स्वास्थ्य रहेका छन् ।

 


  •  
  •  
  •