मेडिकल काउन्सिल विरुद्ध सर्वोच्चमा रिट दायर

189
  •  
  •  
  •  

supremr court
काठमाडौं, ६ भदौ (ओएनएस) : नेपाल मेडिकल काउन्सिलको निणर्यविरुद्ध बेसिक साईन्सका प्रोफेसरहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

मेडिकल काउन्सिलले ‘एक्रिडिटेशन स्टयान्डर्ड फर एमबिबिएस २०१७’ जारी गर्दै बेसिक साईन्स विषयहरुमा एम, एस्सी÷पी.एच.डी. प्राध्यापकहरु एक जनामात्रै राख्ने निणर्यविरुद्ध बेसिक साईन्स प्रोफेसरहरुले रिट दायर गरेका हुन् ।

प्रोफेसरहरुले एक फ्याकल्टीमा कम्तीमा तीन देखि चार जनासम्म प्राध्यापकहरु राखिरहेको बेला बेसिक साईन्समा एक जना मात्रै राख्नेबारे गरेको निणर्यप्रति आपत्ती जनाएका हुन् ।

बेसिक साईन्स प्रोफेसरहरुले यो विषयमा यसअघि नै काउन्सिललाई ध्यानाकर्षण पत्र पठाएका थिए । तर, पत्रको जवाफ नभएको भन्दै सर्वोच्चमा जानुपरेको बेसिक साईन्स प्रोफेसरका सदस्य डाक्टर राजिबकुमार मुखियाले बताए ।

बेसिक साईन्स प्रोफेसरहरुले दायर गरेको रिटमा नेपाल मेडिकल काउन्सिल,नेपाल स्वास्थ्य व्यवसायी परिषद,स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयलाई विपक्षी बनाइएको छ ।


  •  
  •  
  •