बुधबारदेखि देशभरका सबै अस्पताल अनिश्चितकालकाे लागि बन्द

152
  •  
  •  
  •  

Bir-Hospitalकाठमाडौं, १७ चैत (ओएनएस) : नेपाल चिकित्सक संघले बुधबारदेखि देभभरका सबै अस्पतालमा आकस्मीकबाहेक सबै सेवा अनिश्चितकालकाे लागि बन्द गर्ने निर्णय गरेको छ ।

मेडिकल शिक्षामा माफियातन्त्र अन्त्यको माग गर्दै विगत १० दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मागलाई सरकारले सम्बोधन नगरेको भन्दै सेवा बन्द गर्ने निर्णय गरेको संघका अध्यक्ष अञ्जनीकुमार झाले जनाकारी दिए । ४८ घण्टाभित्र माग सम्बाेधन नभए अाकस्मीक सेवा पनि बन्द गर्ने झाले जानकारी दिए ।

‘डा. केसीको माग पूरा गर्न सरकार गम्भिर नभएपछि भोलिदेखि इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प गर्ने निर्णय गरेका छौ । ’ झाले ओएनएससँग भने, ‘विदेशी साथीहरुलाई हामीले अहिले नै स्वदेश छाडेर जान आग्रह गरेका छौ, उहाँहरुलाई ४८ घण्टापछि उपचार गर्न सक्दैनौ । ’

यता, चिकित्सा शिक्षामा भैरहेको माफियातन्त्र अन्त्यको माग राख्दै विगत दस दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्नको लागि सरकारले अर्काे वार्ता समिति गठन गरेको छ । मंगलबार आकस्मीक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिव लीलामणी पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेललाई केसीको माग सम्बोधन गर्ने जिम्मा दिएको हो ।

यसअघि डा. केसीका १० माग बारे वार्ता भएपनि तीन बुँदामा सहमति हुन सकेको थिएन । केसीले उठाएका सात माग तयार भएपनि शिक्षामन्त्री र त्रिभुवन विश्वविद्यालयका पदाधिकारी बर्खास्त गर्नु पर्ने मागमा भने सरकार तयार भएको छैन । यस्तै, देवदह र विराट मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने विषयमा पनि कुरा मिलेको छैन ।

नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, मेडिकल शिक्षामा पूर्वाधान बढाउनु पर्ने, सबैको पहुँचमा मेडिकल शिक्षा हुनु पर्ने, यसअघि गरिएका सम्झौता पूरा गर्ने मागमा सहमति भएको छ । विगत दश दिनदेखि अनसनमा बसेका केसीको स्वास्थ्य भने बिग्रदै गएको छ ।


  •  
  •  
  •