मेडिकल कलेजको शुल्क तत्काल घटाउन निर्देशन

174
  •  
  •  
  •  

काठमाडौं । मेडिकल कलेजहरुको शुल्क तत्काल घटाउन सरकारलाई निर्देशन दिइएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकले यस्तो निर्देशन दिएको हो ।

यस्तै समितिले मेडिकल कलेजहरुको पाठ्यक्रम र शैक्षिक क्यालेन्डरमा एकरुपता ल्याउन पनि सरकारलाई सचेत गराएको छ ।

बैठकले मेडिकल कलेजहरुको शुल्कसम्बन्धी विवाद समाधान गर्न गठित उपसमितिले दिएको सुझावका आधारमा तत्काल शुल्क घटाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिले सबै मेडिकल कलेजहरुको भर्ना प्रक्रियालाई समान ढंगले अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकमा सांसदहरुले राष्ट्रिय चिकित्सा शिक्षा आयोग गठन गर्न तथा जेहेन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययनका लागि ऋण उपलब्ध गराउने व्यवस्था गर्न प्रस्ताव गरेका थिए ।


  •  
  •  
  •