मेडिकल कलेजमा देखिएका बेथिति छानबिन गर्न उपसमिति गठन गरिने

69
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : मेडिकल कलेजमा देखिएका बेथितिहरु छानबिन गर्न उपसमिति गठन गरिने भएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले उपसमिति गठन गर्ने अधिकार सभापति जयपुरी घर्तीलाई दिएको हो ।

बैठकमा कांग्रेस सांसद गगन थापाले उपसमिति गठन गरेर मेडिकल कलेजका बेथितिहरु छानबिन गर्न गर्नुपर्ने माग राखेका थिए ।

उनले समितिले एउटा छानबिन समिति बनाएर मेडिकल कलेजहरु जाने, हेर्ने, ग¥यो भने धेरै कुराहरु पत्ता लाग्ने बताएका थिए ।

उनले अहिलेसम्म सार्वजनिक भएका विषय सञ्चारमाध्यमबाट आएको भन्दै उपसिमिति नै गठन गरेर छानबिन गर्नुपर्ने बताए ।

बैठकमा नेकपा सांसद खगराज अधिकारीले शुल्क, पढाइ जस्ता विषयको कार्यादेश दिएर आफैंले तत्काल उपसमिति गठन गर्न सभापतिलाई आग्रह गरेका थिए ।

सभापति घर्तीले अर्को दिन बैठक बसेर उपसमिति गठन गर्ने बताएकी थिइन् ।


  •  
  •  
  •