मिडिया काउन्सिल विधेयक परिमार्जन हुन्छ : अध्यक्ष दाहाल

51
  •  
  •  
  •  

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया काउन्सिल विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् ।

प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने, ‘मिडिया काउन्सिल विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ ।’

सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको भन्दै उनले जति गृहकार्य भएर विधेयक आउनु पथ्र्यो, केही कमी रहेको बताए ।

उनले सरकार पार्टी यसमा सतर्क भएको समेत बताए । आगामी दिनमा यस्ता विधेयक ल्याउँदा पर्याप्त गृहकार्य गरेर ल्याइने समेत अध्यक्ष दाहालले बताए ।


  •  
  •  
  •