विकास निर्माणका काममा जान पाउँदैनन छाउ भएकी महिला

325
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन (ओएनएस) : मुगु लगायत मध्य तथा सुदूरपश्चिम जिल्लाका महिलाहरु महिनवारी भएको बेला विकास निर्माणका काम जान पाएका छैनन्।

उनीहरु देवीदेउता रिसाउने डरले महिनावारी अर्थात स्थानीय भाषामा छाउ भएका बेला सामाजिक रुपमा काम गर्नु हुदैन भन्ने अलिखित नियमले महिलाहरु विकास निर्माणका काममा नजाने गरेका छन ।

महिनावारी भएका बेला महिलालाई सामाजिक क्षेत्रका काममा लगाएपछी देविदेवता लाग्ने भन्दै महिलाहरु काम गर्न नजाने गरेका हुन। यस क्षेत्रमा छाउपडी लगायतका कुरीतीले अहिले पनि जरा गडेकाेले महिलाहरु विभेदमा पर्दै अाइरहेका छन्। यस क्षेत्रमा अहिले पनि महिलाहरु महिनावारी भएकाे बेलामा छाउगाेठमा बस्ने गरेका छन्।

महिनावारी भएकाले बेला अरुले थाहा पाउलान्, कतिपय अवस्थामा दुःखाइको पीडा जस्ता कारणले पनि महिला नेतृत्व लगायत सामाजिक विकास निमार्णका कार्यमा महिलाहरु चासो नदेखाउनुका साथै काममा समेत नजाने गरेका छायाँनाथ रारा नगरपालीका वडा नं १ की राम लक्ष्मी मल्लले बताइन्। पुरुष प्रधान देश भएकै कारण पनि महिला महिनावारी भएका बेला काम गरे अशुभ हुने भन्दै महिलालाई सामाजिक क्षेत्रकोकाममा नलाइने मल्लको भनाई छ ।


  •  
  •  
  •