हात्ती महोत्सवमा एमई ट्राभल पनि सहभागी हुने

398
  •  
  •  
  •  

काठमाडौँ, ९ पुस (ओएनएस) : एभरेष्ट ग्रुपद्धारा सञ्चालित एमई ट्राभल एण्ड टुर्सले हात्ती महोत्सवमा सहभागीता जनाउने भएको छ । पुस ११ देखि १५ गतेसम्म संचालन हुने १४ औँ चितवन महोत्सवका एमई ट्राभलले स्टल राखी सूचना प्रवाह गर्ने र हात्ती पोलोमा सहभागी भई चार वटा हात्तीको टिमलाई प्रायोजन गर्ने भएको हो ।

‘दिगो पर्यटन, प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदा सँगै कला र संस्कृतिको संरक्षणका लागि ट्राभलले बिभिन्न फरक फरक कार्यक्रम र समुहसँग सहकार्य गर्ने नीति लिएको र त्यसै अनुसार यस प्रतियोगितामा पनि सहभागि भएको एमई ट्राभल एण्ड टुर्सका बरिष्ठ ब्यवस्थापक युवकराज पराजुलीले बताउनु भयो । त्यसक्रममा एमई ट्राभलको तर्फबाट हात्तीपोलोमा सहभागि चार वटा हात्तीको टिमलाई प्रायोजन गर्ने उहाँले जानकारी दिनु भयो ।

विभिन्न स्थानीय निकायहरुको सहकार्यमा आफ्ना आफ्ना कार्यक्रमहरुको जानकारी गराउदै आएको एमई ट्राभलले हात्तिपोलो प्रतियोगिताका अवसरमा आफ्नो स्टल राखी सबैलाई सूचनाको प्रवाह गर्ने छ ।

बरिष्ठ ब्यवस्थापक पराजुलीले यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने र आफ्नो ट्राभलको उदेश्य पनि त्यहि भएकोले यसमा सहभागिता जनाएको बताउनुभयो । क्षेत्रीय होटल संघ चितवनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष हात्ती महोत्सव गर्दै आएको छ ।


  •  
  •  
  •