‘मी टु’ अभियान : पूनम पाण्डेले यौन दुर्व्यवहारकाे अाराेप काे माथि लगाइन्

1075
  •  
  •  
  •  

काठमाडौं, ५ कार्तिक (एजेन्सी) : भारतमा महिला हिंसाविरुद्धको ‘मी टु’ अभियान चलिरहेकाे बेला बलिउडमा मच्चाएको सनसनीले अन्य पीडितहरु पनि विगतमा आफुसँग भएको यौन दुर्व्यवहारको खुलेर बोल्न थालेका छन्। भारतीय फिल्मक्षेत्रमा अहिले ‘मिटू’ को ह्यासट्यागले सबै बलिउडकर्मीलाई तानेको छ । यस अभियानले बलिउड चिरपरिचित अभिनेता तथा कलाकाहरुमाथि यौन शोषणको आरोप लाग्न थालेकाे छ ।

यसै क्रममा बलिउडकी बोल्ड गर्ल मानिने पूनम पाण्डेले पनि आफू यौन शोषणको शिकार भएको खुलाएकी छन् । पुनमले एक प्रौढ अभिनेताले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी छन् । यद्यपि उनले कुनै कलाकारको नाम लिएकी छैनन् ।

उनका अनुसार यो घटना उनले अभिनय गरेको फिल्म ‘द जर्नी अफ कर्मा’ को सुटिङका क्रममा भएको हो । यो फिल्ममा उनको शक्तिकपुरसँग बेड सिन थियो । शक्तिको नाम नलिइकन पुनमले लेखेकी छन्, ‘ती वृद्ध अभिनेतासँगको बेडसिन अहिले पनि सम्झिरहेकी छु । सुटिङ गर्दा उनी यस्तो मुडमा थिए, मानौं हामी साँच्चिकै सेक्स गर्न गइरहेका छौं । मलाई साह्रै असहज भएको थियो ।’

‘म त्यतिखेर निकै नै असहज भइरहेको थियो । यद्यपि म उनको नाम लिन सक्दिँन । यति भन्न चाहन्छु कि उनको छोरीको उमेर मेरो बराबर छ ।’ पूनम पाण्डेसँग ‘द जर्नी अफ कर्मा’ मा शक्ति कपूर उनको अपोजिट रोलमा छन् ।


  •  
  •  
  •