नवलपरासी, ४ असार (ओएनएस) । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशनमा दस्तावेज एउटै भए पनि नेतृत्वमा विचार र प्रवृत्तिको लडाइँ भएको बताएका छन् ।
नवलपरासीको कावासोतीमा बुधबार आफ्ना पक्षका कार्यकर्ताको भेलामा उनले विचार गौँड रहँदा दुई नेताको व्यक्तित्वको टकराव भएको बताए । उनले पार्टी भित्रको गलतप्रवृतिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए ।
उनले ओली समुह पार्टी समाप्त गर्न लागिपरेको बताए । उनले पार्टीमा स्वार्थीको जमता रहेको उल्लेख गर्दै त्यस्तो प्रवृतिलाई पराजित गर्नुपर्ने बताए । उनले भने, ‘क्रान्तिकारी धार समाप्त पार्ने यस्तो विचार र प्रवृत्तिले जनताको निम्ति काम गर्दैन केवल गुटका लागि मात्र हो । धम्कीको प्रयोग, पदको प्रलोभन दिने काम बन्द गर्नुपर्छ ।’ उनले यस्तो खालको प्रवृत्तिले पार्टीको नेतृत्व गर्दा महल झै ठडिएको एमाले तासको घरमा परिणत हुने बताए ।