चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न सर्बोच्चको आदेश

233
  •  
  •  
  •  

chudamadi
काठमाडौं, २७ साउन (ओएनएस) : आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।

न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसेसहितको बृहत पूर्ण इजलासले शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शुक्रबार यस्तो निर्णय सुनाएको हो ।

बृहत पूर्ण इजलासले अख्तियारले कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा दर्ता गरेको मुद्दा भने अघि बढ्ने ठहर गरेको छ। 

मुद्दामा आयोगका पदाधिकारीविरुद्ध १० अर्व दुई करोड बिगो दाबी गर्नु संवैधानिक व्यवस्था विपरीत भएको सर्वोच्चको ठहर  छ। कर निर्धारणमा अनियमितता गरेको भन्दै शर्मालाई जेठ १९ गते अख्तियारले पक्राउ गरेको थियो।

  •  
  •  
  •