संसदभित्र एमसीसीबारे छलफल, बाहिर विरोध प्रदर्शन(फोटोफिचर)

482
  •  
  •  
  •  

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे संसदमा छलफल चलिरहँदा बानेश्वरमा यसको विरोधमा प्रदर्शन भएको छ ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका पार्टीका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी ‘राष्ट्रघाती’ भएको भन्दै प्रदर्शन गरेका छन् ।

अमेरिकी सहायता सम्झौता एमसीसी पास गर्ने निर्णय लिइसकेको अवस्थामा सत्ता गठबन्धनकै कार्यकर्ताहरु सडकमा उत्रिएपछि झडप भएको छ।

बानेश्वरको निषेधित क्षेत्रमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र प्रतिपक्षी राप्रपा समेतका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन्। झडप भएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास लाठी र पानीको फोहरा हानेर तितरवितर बनाएको छ।


  •  
  •  
  •