काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसलाई पास गर्न हतार गर्नु नहुने बताएका छन् ।
सोमबार पदभार ग्रहणपछि उनले एमसीसीबारे बहस भइरहेको बताउदै बहसलाई सहज रुपमा निचोडमा पुग्ने बताए ।
उनले आफ्नो विरोधमा सडकमा उठेका स्वरहरुलाई लोकतान्त्रिक प्रक्रियाकै रुपमा आफूले लिएको बताएका छन् ।
सिंहदरवारस्थित संसद सचिवालयमा पदभारग्रहण गर्दै सभामुख सापकोटाले आफूमाथि प्रश्न उठेपनि ती प्रश्नहरु निरुपण हुँदै जाने विश्वास व्यक्त गरेका छन् । सभामुख सापकोटाले अब संसदको कामलाई प्राथमिकताको आधारमा अघि बढाउने प्रतिबद्धता जनाए ।