एमसीसी सम्झौता नसच्याइ संसदबाट अनुमोदन नगर्न कार्यदलको सुझाव

90
  •  
  •  
  •  

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले बनाएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।

कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाउँदै एमसीसीसी नसच्याइ यथास्थितमा अनुमोदन नगर्न सुझाव दिएको हो ।

कार्यदलले प्रतिवेदन बुझाएसँगै अब एमसीसी पास गर्ने विषयमा पार्टी नेतृत्वले निर्णय लिनेछ ।

पार्टीको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो ।

दश दिनको समयसीमा तोकेर प्रतिवेदन बुझाउने निर्णय गरे पनि कार्यदलले उक्त समयसीमामा प्रतिवेदन बुझाउन नसकिएपछि थप दश दिन माग गरेको थियो ।


  •  
  •  
  •