माछापुच्छ्रे बैकको ५६ औ शाखा महोत्तरीको मटिहानीमा

297
  •  
  •  
  •  

Mbl-56-branchकाठमाडौ, १४ फागुन(ओएनएस) : माछापुच्छ्रे बैक लिमिटेडले आफ्नो ५६ औ शाखा कार्यालय महोत्तरीको मटिहानी बजारमा खोलेको छ ।

माछापुच्छ्रे बैकको उक्त शाखाको उद्घाटन बैकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले गरेका हुन् । माछापुच्छ्रे बैकको उक्त नयाँ शाखाबाट आफ्ना ग्राहकहरूले अन्तर शाखा कारोबार (एबीबिएस) सेवाको साथै मासिक टेलिफोन बिलको भुक्तानी, मोबाइलको मासिक बिल भुक्तानी, इन्टरनेट बैकिङ सेवा पाउने छन् ।

दुई अर्ब ७७ करोड ६२ लाख चुक्ता पुँजी रहेको बैंकसँग ३९ अर्ब ६१ करोड १८ लाख  निक्षेप छ भने ३३ अर्ब ६४ करोड ९३ लाख कर्जा लगानी गरेको हो ।

बैंकको एक अर्ब ९९ करोड ट्रेजरी बिल लगायतमा लगानी गरेको छ । बैंकले पुससम्म ३४ करोड ४० लाख खुद मुनाफा गरेको छ ।

बैकले पुर्वमा फिदिम, पाँचथरदेखि पश्चिममा धनगढी र हिमाल पारी जोमसोमदेखि तराईका विभिन्न स्थानहरुमा आफ्नो शाखाहरु स्थापना गरेको छ ।


  •  
  •  
  •