काठमाडौं, २० मंसिर (ओएनएस) : एमबीबीएस छात्रबृत्तिको लागि शिक्षा मन्त्रालयले लिने परिक्षाको प्रश्नपत्र परिक्षापूर्व नै सार्वजनिक गर्ने ७ जना लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
शनिबार राजधानीका बिभिन्न नौ वटा केन्द्रमा परिक्षा संचालन हुनुपूर्व पुरानो बानेश्वरस्थित गोल्डेन गेट कलेजबाट प्रश्नपत्र आउट भएको थियो ।
प्रश्नपत्र आउट भएपछि लगत्तै अख्तिायरको विशेष टोलीले घटनामा संलग्न दुई प्राध्यापकलाई पक्राउ गरेको थियो । रातोपुलनिर उक्त एम.वि.वि.एस. परिक्षाको प्रश्नपत्र खण्ड क र ख को १०/१० पाना प्रश्नपत्रहरू विभिन्न ९ जना परिक्षार्थिहरूलाई प्रश्नपत्र दिलाईदिन्छु भनि रकम कारोवारको मध्यस्थता गर्ने डा. प्रभात कुमार कुशवाहलाई दिंदा दिंदैको अवस्थामा निर्देशक देवीराम पाण्डे र डा. प्रभात कुमार कुशवाहलाई आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । साथै सो घटनामा संलग्न देखिएका सोहि कलेजका शिक्षक हरिहर भन्ने खेचरलाल सापकोटा, विद्यार्थीहरूसंग रकमको असुल्ने अर्का मध्यस्थकर्ता महेश्वर प्रसाद यादव समेत ७ जनालाई नियन्त्रणमा लिई निजहरू उपर थप अनुसन्धान भैरहेको छ ।
गोल्डेन गेट कलेजका लागानीकर्ता पाण्डे रसायन शास्त्र तथा सापकोटा अर्थशास्त्रका प्राध्यपक हुन् ।दुबैले प्रश्नपत्र आउट गर्नको लागि विद्यार्थीसँग २५ लाख माग गर्दै बार्गेनिङ गरेका थिए ।
१० लाख रुपैयामा सहमति भएपछि विद्यार्थीले पास भएपछि प्राप्त हुने गरि एनआईसी एसिया बैंकको चेक दिएका थिए । प्रश्नपत्र आउट हुनेसक्ने जानकारी पाएपछि अख्तियारको बिषेश टोलीले एक महिनाअघि देखि अनुसन्धान गरेको थियो ।
तस्विर सौजन्य – जनकराज सापकोटा
Comments are closed.