मेयर शाक्यको १ करोड २० लाखको गाडी काठमाडौं पुग्यो

255
  •  
  •  
  •  

bidhyasundar-shakya-
काठमाडौं, २३ साउन (ओएनएस) : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फच्र्यूनर’ गाडी काठमाडौ आइपुगेको छ ।

नयाँ गाडी राष्ट्रिय सभागृह परिसरमा त्रिपालले ढाकेर राखिएको छ । गाडीको नम्बर प्लेट भने अहिले राखिएको छ । केही दिनमै गाडी प्रयोगमा आउने छ । यद्यपि शाक्यले अहिले पनि महानगरले उपलब्ध गराएको गाडी पनि करिब १ करोड बराबर मूल्यकै रहेको जनाइएको छ ।

मेयरसंगै उपमेयर हरिप्रभा खड्गीलाई पनि ८० लाख रुपैयाँको नयाँ गाडी मगाइएको छ । जुन गाडी अहिले वीरगञ्जसम्म आइपुगेको छ ।

यो वर्ष महानगरले जनप्रतिनिधिका लागि गाडी किन्न मात्रै ७ करोड रुपैयाँ बजेट छुट्याएको छ । मेयर शाक्य यसअघि पनि महंगो मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका थिए । निर्णयको आलोचना उनी पछि उक्त निर्णय फिर्ता लिन बाध्य भएका थिए ।


  •  
  •  
  •