‘माया पिरिम’ ले प्रेमको आभास गराउनेछ : निर्देशक राई

42
  •  
  •  
  •  

काठमाडौं । अभिनेता कोशिश क्षेत्री र नव–अभिनेत्री किरण चन्द अभिनित प्रेमकथामा आधारित चलचित्र ‘माया पिरिम’ यही मंसिर २० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई फिल्म ‘माया पिरिम’ ले दर्शकलाई प्रेमको आभास गराउने बताउँछन् ।

कसैको वास्तविक घटनाबाट ‘इन्स्पायर्ड’ भएर फिल्म निर्माण भएको उनको भनाइ छ । उनले भने, ‘कसैको वास्तविक प्रेमकथालाई लिएर हामीले फिल्म बनाएका हौं । पर्दामा उतारिएको कोशिश र किरणको प्रेम र वियोग कसैको जीवनमा घटेको थियो । त्यही प्लट लिएर फिल्म बनाएका हौं ।’
अहिले बनिरहेका लभस्टोरी फिल्मभन्दा ‘माया पिरिम’ फरक रहेको उनको दाबी छ ।

सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मोहन मरासैनी र युवराज दाहाल रहेका छन् ।
प्रविन थापा र सविन अधिकारी फिल्मका निर्माता हुन् । यो फिल्मलाई निरज कँडेलले खिचेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व छ । फिल्ममा कोशिश र किरणका अलावा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङलगायतको अभिनय छ ।


  •  
  •  
  •