अनाथ बालबालिकाको आश्रय ‘माया घर’ मा आर्थिक अभाव

168
  •  
  •  
  •  

maya gharकाठमाडौं, ४ फागुन : कुलेश्वरमा रहेको माया घरका लागि आर्थिक सहायता गर्ने उद्देश्यले आगामी वैशाख १ गते सांगीतिक कार्यक्रमकप आयोजना गरिने भएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अनाथ बालबालीकाकालागि उचित पालन पोषण, शिक्षा, उपचार उपलब्ध गराउने तथा आमाबुवासँग विछडिएको बालबच्चाहरुलाई पूर्नमिलन गराउने उद्देश्यले स्थापना भएको माया घरको सामाजिक स्तरोन्नती हासेर आर्थिक सहयोग गराउने उद्देश्यले उक्त सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको मेट्स इभेन्ट प्रिजेन्ट्सका प्रवन्ध निर्देशक सन्दीप बस्नेतले जानकारी दिए ।

माया घरकालागि आयोजना हुने सांगीतिक कार्यक्रमका इभेन्ट अर्गनाइजर समेत रहेका बस्नेतले भने, “माया घरको स्तरोन्नतिका लागि हुने उक्त सांगीतिक कार्यक्रममा रविन एण्ड दि न्यू रिभोलुसन्, नविन के. भट्टराई, ईन्दिरा जोशी, भद्रगोल, रेस्मा सुनुवार, युवराज चौलागाई, स्वेता उप्रेतीलगायतले आफ्नो प्रस्तुती दिनेछन् ।”

लण्डनबाट अध्ययन गरेर नेपाल फर्किएका उनले माया घरलाई आर्थिक सहयोग गरि बालबालिकाको दुई छाक खान, शिक्षा, स्वास्थ्यलगायत अन्य आवश्यक कुराका लागि उक्त सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको स्पष्ट पारे ।

टुहुरा बालबालिकाको उद्धार गरि उनीहरुलाई शिक्षा दिने उद्देश्यले २०६७ सालमा माया घरको स्थापना गरेको संस्थाकी अध्यक्ष दुर्गा आचार्यले बताईन् ।

क्याम्पस अध्ययन गर्दा देखी नै सडक पेटीमा सुत्ने बालबालिकाकालागि केही गर्ने भावना जागेको स्मरण गर्दै उनले भनिन्–‘माया घर मेरो सुन्दर संसार हो भने मेरा लागि यी सबै बालबालिकाहरु चाहीँ सन्तान हुन् ।” स्कुल अध्ययन गर्दादेखी नै नेपाल रेडक्रस सोसाइटीको जुनियर सदस्य समेत रहेकाले माया घर दर्ता गर्न सजिलो भएको अनुभव समेत उनले सुनाईन् । उनका अनुसार माया घरमा हाल २५ जना टुहुरा बालबालिका बस्दै आएका छन् । जसमध्ये ९ जना छोरी र १६ जना छोराहरु रहेका छन् ।

२५ जना बालबालिकाकालागि मासिक न्यूनतम १ लाख ३० हजार रुपैयाँ खर्च हुने गरेको बताँउदै उनले भनिन,“२५ जनाबालबालिकाको आमाबनेर सेवा गर्दा अधिक खुसी हुन्छु तर आर्थिक अभाव हुँदा ती बालबालिकाका चिन्ताले मनै दुखेर आउँछ ।”

उनले माया घरमा रहेका बालबालिकाकालागि सरकारी, गैर सरकारी संघ संस्था तथा व्यक्तिगत रुपमा सहयोग गर्न अपिल समेत गरेकी छिन् ।

माया घरलाई नेपाल सरकारले गतवर्ष ४ लाख रुपैयाँ प्रदान गरेको थियो भने यसपालि पनि ३ लाख रुपैयाँ छुट्याएको उनले जानकारी दिईन् ।

उनले पत्रपत्रिकामा बालबालिका अप्ठेरोमा परेको भन्ने जानकारी पाउने बितिकै आफूहरुले सम्बन्धित जिल्लाको प्रशासन, गा.वि.स., उद्धार गरिएको ठाँउको प्रशासनसँग अनुमती लिई तिबालबालिकालाई शरण दिने गरेको बताईन् । त्यसैगरि आमाबुवाले छाडेका, दोस्रो विवाह गरी छाडेका बालबालिकालाई आश्रम दिएको उनले बताइन् ।


  •  
  •  
  •