पञ्जाबलाई झड्का, म्याक्सवेल पनि फर्के घर

237
  •  
  •  
  •  

काठमाडौँ, ४ जेठ(एजेन्सी) : प्रिटी जिन्टाको टोली किंग्स इलेभन पञ्जावलाई अर्को झड्का लागेको छ । टोलीका अलराउन्डर ग्लेन म्याक्सवेल अष्ट्रेलिया फर्कने भएका छन् ।

उनी मांशपेशीमा आएको समस्याका कारण इन्डियन प्रिमियर लिगबाट बाहिरिने भएका हुन् । अब उनले पञ्जावले खेल्न बाँकी रहेका २ खेल खेल्न सक्नेछैनन् । यसअघि पञ्जाबका मिचेल मार्स पनि घर फर्किसकेका छन् ।

क्रिकेट अष्ट्रेलिया टोलीका फिजियो डेभिड बीकले भने, ‘गयराती खेलपछि म्याक्सवेलको पेटको बायाँ भागमा दुखाई बढ्यो ।’ उनको उपचारका लागि उनलाई फिर्ता जानुपर्ने निर्णय गरिएपछि उनी घर फर्कने भएका हुन् । उनलाई अष्ट्रेलियाली टोलीको साथमा वेष्ट इण्डिज र दक्षिण अफ्रिकासँगको त्रिपक्षीय खेलका लागि वेष्ट इन्डिज जानुपर्ने छ ।

म्याक्सवेलको घर फर्कनुको अर्को कारण प्रिटी जिन्टाको बानी व्यवहार हुन सक्ने आकलन पनि गरिएको छ । प्रिटी हारका कारण चिन्तित छिन् र उनी प्रशिक्षक संजय बांगडसँग बहस गरेको समाचारमा जनाइएको छ । प्रशिक्षकसँगको बहस खेलाडीलाई मन नपरेको हुन सक्ने बताइएको छ ।

म्याक्सवेलका लागि यो आइपिएल खासै राम्रो रहेन । उनले खेल अवधीभर मात्र दुई वटा अर्धशतक पूरा गरेका थिए । यो प्रतियोगिताभन्दा अगाडि देखि नै उनी खराब फर्ममा रहेका थिए ।


  •  
  •  
  •