सामाजिक दूरी र मास्क, सेटिनाइजरको प्रयोगमा थप कडाइ गर्न गृहको निर्देशन

201
  •  
  •  
  •  

काठमाडौं । गृहमन्त्रालयले सामाजिक दूरी कायम गराउन, मास्क सेटिनाइजरको प्रयोगमा थप कडाइ गर्न निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयसहित देशभर जिल्ला प्रशासन कार्यालयलाई गृहले यस्तो निर्देशन दिएको हो ।

गृहको परिपत्रमा सामाजिक दूरी कायम नभएको, मास्क सेनिटाइजर प्रयोग नगरीएको र स्वास्थ्य सतर्कतासमेत नपनाइएकाले कोरोनाको जोखिम बढ्नसक्नेतर्फ पनि सचेत गराइएको छ ।

गृहले मास्क प्रयोग, सामाजिक दूरी कायममा अटेरी गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्नसमेत निर्देशन दिएको छ ।


  •  
  •  
  •