एजेन्सी । भारतका एक व्यापारीले कोरोना भाइरसबाट बच्न सुनको मास्क लगाएका छन्। उनले ४ लाख ७७ हजार नेपाली रुपैयाँमा उनले एक मास्क खरिद गरेका हुन् जहाँ सुन जडान गरिएको छ।
सुन जडित उक्त सुनौलो मास्क बनाउन ८ दिन लागेको बताइएको छ। महाराष्ट्रस्थित पुनेका व्यापारी शंकर कुरहादे गहनाका सौखिन हुन्।
४९ वर्षका उनले झन्डै एक केजी बराबरको सुन शरीरमा पहिरिएका छन्। औंठी, ब्रासलेट, नेकलेस सुनकै लगाएका उनले मास्क पनि सुनकै लगाएका हुन्।
हाल उनीसँग मानिसहरु सेल्फी खिचाउन रुचाउँछन्। सामाजिक संजालमा उनको तस्बिरहरु पनि सामाजिक संजालमा भाइरल बनेका छन्।
द हिन्दुका अनुसार उनले भनेका छन्, ‘मैले टेलिभिजनमा एउटा चाँदीको मास्कको बारेमा समाचार देखें। त्यसपछि म मेरो जौहरीसँग कुरा गरें र सुनको मास्कको अर्डर गरें ।’