चट्याङसहित पानी पर्ने सम्भावना(मौसम पूर्वानुमानसहित)

392
  •  
  •  
  •  

काठमाडौं । पश्चिमी, मध्य र पूर्वका पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले पश्चिमसहित मध्य र पूर्वको पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।
अन्य ठाउँमा भने बादल लाग्दै घाम लाग्ने महाशाखाले जनाएको छ । आज राति पश्चिमी क्षेत्रका केही र पूर्वको एक दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

हेर्नुहोस् मौसम पूर्वानुमान

मौसम विश्लेषण) Meteorological Analysis):-

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको  पश्चिमि भू-भागमा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र १३ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडि भु-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि आंशिक बदलि हुने देखिन्छ। पहाडी भू-भागका  एक दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि भू-भागका थोरै  स्थानहरुमा र पुर्वका एक दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र १४ गते (शुक्रबार)

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमि भू-भागका  केहि स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पहाडी भू-भागका  थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।  हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

चैत्र  गते (शनिबार)

दिउँसोः देशको पहाडि भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि हुने देखिन्छ। पहाडी भू-भागका  एक दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडि भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि हुने देखिन्छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):

देशका पहाडी भू-भागका  थोरै  स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


  •  
  •  
  •