पहाडी भेगमा वर्षाको सम्भावना

46
  •  
  •  
  •  

काठमाडौं । पश्चिमी वायु स्थानीय वायुको प्रभावले आज अपरान्ह पहाडी भेगमा वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष गरी देशका पहाडी भू–भागमा सामान्य बदली भई मेघ गर्जनरचट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

अन्य स्थानको समेत मौसममा बदलीको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । राति पनि देशको पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का वर्षा एवं पश्चिमि हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्क रहन आह्वान समेत गरिएको छ ।


  •  
  •  
  •