पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुँदै

108
  •  
  •  
  •  

काठमाडौं । मंगलबारदेखि पश्चिमी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बेलुकीदेखि पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुने भएकाले पश्चिम नेपालको केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

सोमबार बेलुकी पानी पर्ने प्रणाली पश्चिममा आइपुग्नेछ भने मंगलबार दिउँसो मध्य हुँदै पूर्वसम्म नै फैलिने छ ।
देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बादल लाग्नेछ भने तराईमा लागेको हुस्सु दिउँसोपछि मात्रै हट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हेर्नुहोस्

मौसम विश्लेषणMeteorological Analysis):-

आज नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव पर्ने देखिएको छ ।

मौसमको अवस्था )Present Weather Status):

देशको तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सु/कुहिरो रहेको देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १३ गते (सोमबार)
दिउँसो : देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वी  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ । तराईका केहि भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।
रातीः  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ ।

माघ १४ गते (मंगलबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु-भागका केहि स्थानहरु र मध्य तथ पूर्वी भु-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
रातीः  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु-भागका केहि स्थानहरु र मध्य तथा पूर्वी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

माघ १५ गते (बुधबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली  रहनेछ । पश्चिमी भु-भागका अधिकांश स्थानहरु र मध्य तथा पूर्वी भु-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

रातीः  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
पश्चिमी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ । साथै तराईका केही भू-भागमा  हुस्सु/कुहिरोको कारणले घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।


  •  
  •  
  •