काठमाडौं । पश्चिमका पहाडी र हिमाली भूभागमा आज हिउँ र पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बेलुकादेखि यी ठाउँमा पश्चिमी वायुको प्रभाव पर्ने हुनाले हिउँ र पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका अरु ठाउँमा भने पश्चिमी वायुको प्रभाव खासै नपर्ने महाशाखाले जनाएको छ ।
पूर्व र मध्यका केही ठाउँमा बिहान लागेको कुहिरो १० बजेतिरबाट पातलिँदै गएर दिउँसो सामान्य बादल लाग्ने सम्भावना छ । तर तराईका भेगमा भने सोमबार दिनभर कुहिरो लाग्ने मौसमविद्ले बताएका छन् ।
कुहिरोसँगै चिसो हावा पनि चल्ने भएकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ । पश्चिमी वायुको प्रभाव मंगलबार बेलुकासम्म देखिने हुनाले पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भने बुधबारदेखि फेरि मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।
मौसम विश्लेषण) Meteorological Analysis):-
हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन।
मौसमको अवस्था )Present Weather Status):
हाल देशको उपत्यका तथा तराईका भू-भागमा कुहिरो/हुस्सु लागेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २८ गते (सोमबार)
दिउँसो : देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।
रातीः देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
पौष २९ गते (मंगलबार)
दिउँसो : देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य पहाडी भू्-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
माघ १ गते (बुधबार)
दिउँसो : देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशभरको मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):–
तराई भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने भएकोले हुस्सु्/कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसो नै रहने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।
Featured