काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका विभिन्न ठाउँमा पानी र हिउँ परिरहेको छ ।
अहिले पश्चिमको दिपायल, वीरेन्द्रनगरसहित पूर्वको ओखलढुंगा आसपासका क्षेत्रमा पानी र हिउँ परिरहेको छ ।
पश्चिमी वायुको प्रभावले बिहीबार दिनभरि नै पानी र हिउँ पर्दै रोकिने क्रम जारी रहने छ ।
शुक्रबार काठमाडांैसहित मध्यका थोरै र पश्चिमका धेरै ठाउँमा घाम लाग्ने तर मध्य क्षेत्रकै केही र पूर्वको मौसम भने आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ ।
हेर्नुहोस् तीन दिनको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७६-०९-२४, बिहान ६:०० बजे)
मौसम विश्लेषण) Meteorological Analysis):-
नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ।
मौसमको अवस्था )Present Weather Status):
हाल देशका पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकि स्थानहरुमा सामान्य बदलि रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमालीका अधिकांश भू-भागमा हिमपात भइरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २४ गते (बिहीबार)
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
पौष २५ गते (शुक्रबार)
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
रातीः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
पौष २६ गते (शनिबार)
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावनाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेकोले, यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुका साथै यात्रा गर्दा सावधानी अपनाउनुहुन सबैमा अनुरोध छ |
Featured
तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७६-०९-२४